मेची सहकारीद्वारा मृत्यु राहत रकम प्रदान
Published: (Updated: )
by .दमक । दमकस्थित मेची सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको मृत्युमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ ।
सहकारीले आफ्ना शेयर सदस्यहरु गमबहादुर चेम्जोङ्ग र चक्रबहादुर इङ्गनामको घरमा पुगेर समवेदना पत्र र काजकिरिया खर्च बापत २५/२५ हजार सहयोग सहयोग रकम प्रदान गरेको हो । चेम्जोङ्गको नाममा रहेको बक्यौता ऋणमध्ये १ लाख रुपैयाँ कर्जा मिनाहाको पत्र समेत हस्तान्तरण गरिएको संस्थाका व्यवस्थापक खोमबहादुर वगालेले जानकारी दिए ।
संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराई सहित संचालक , क्षेत्रीय संयोजक र कर्मचारीहरु मंगलबार चेम्जोङ्ग र इङ्गनामको घरमा पुगेर समवेदना पत्र प्रदान गरेका हुन् ।
मेची सहकारीका सदस्य तथा ऋणि राजकुमारी लावती (चेम्जोङ्ग) का पति गमबहादुर चेम्जोङ्गको गत असोज २१ गते र सदस्य चक्रबहादुर इङ्गनामको गत असोज १९ गते निधन भएको थियो ।
Comments