Sajhamanch Archive

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन,श्रेष्ठ र जोशी आचार्यकै समूहमा फर्किए

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नका लागि केही बेरपछि मतदान सुरु हुँदैछ।

मतदाता नामावली प्रकाशन, उम्मेद्वारी दर्ता, दावीविरोध लगायतका सम्पूर्ण कार्य सकिएपछि मतदान सुरु हुने भएको हो । अध्यक्षका प्रत्यासी एवम् संघका वर्तमान उपाध्यक्ष द्वयकुल आचार्य र कुमार पन्तले अलग–अलग टिम बनाएर उम्मेदवारी दिएका छन्।  यसैबीच, अन्तिम समयमा आएर अध्यक्षका प्रत्यासी आचार्य आफ्नो टिम शक्ति शाली बनाउन सफल भएका छन् ।

पन्तको तर्फबाट कोषाध्यक्षको उम्मेद्वार हुने चर्चामा रहेका महेशकुमार श्रेष्ठ र सचिवका उम्मेद्वार गौरी जोशी अन्ततःआचार्यकै प्यानलमा फर्किएका हुन्।

मतदानको समय सुरु हुनु केहीबेर अघि मात्रैपन्तसँग असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठ र जोशी आचार्यको प्यानलमा फर्किएका हुन् ।
जसअनुसार आचार्यको समूहबाट श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध चयन हुने सम्भावना बढेको छ । जोशीले सचिवमा प्रतिस्पर्धा गर्नेछन् । श्रेष्ठ जापान र जोशी अमेरिकाको गैरआवासीय नेपाली समुदाय मानिकै प्रभावशाली मानिन्छन् ।

श्रेष्ठ आचार्यको प्यानलमा फर्किएपछि यसअघि आचार्यको समूहबाट कोषाध्यक्षमा उम्मेद्वारी दिएका सोम सापकोटाले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् । गैरआवासीय नेपाली समुदायमा निकै प्रभावशाली मानिने दुई उम्मेदवार आचार्यको प्यानलमा आएसँगै उनीहरुको टिम थपबलियो बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *