Sajhamanch Archive

सीको ग्रीन सिग्नल पूरा गर्न नेकपामा दरिलो एकता जरुरी

Published: (Updated: ) in विचार/ब्लग, by .

दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार चीन फर्किए पनि उनको नेपाल बसाइ र त्यसका अनेक प्रभावबारे भने चर्चा जारी छ । उनको भ्रमणले दुईदेशबीचको घनिष्टता र आत्मियता मात्र झल्केन विकासका निम्ति ‘बल’ नेपाल सरकारकै कोटमा छाडेर गए सी ।

नेपाल सरकारको आगामी कार्यदिशा कसरी अघि बढ्छ त्यहि अनुरुपको दीर्घकालिन विकासका खाका कोरिएका छन् भन्ने उनको भ्रमणले संकेत गराएको छ । असम्भव मानिएका विकास गतिविधिलाई सम्भब तुल्याउन सक्ने चीनका राष्ट्र प्रमुखले नेपाल र नेपालीका निम्ती दाजुभाईको सम्बन्धसँगै व्यक्त गरेका प्रतिवद्धता वर्तमानमा मात्र होइन भावी पिँढीलाई पनि उपहार मिल्ले खालका छन् ।

नेपाल र चीनबीचको सम्बन्ध र सहयोगको क्षेत्रले भावना र कल्पनाबाट पर हटेर एउटा व्यावहारिक बाटो लिएको छ । उनको भ्रमण सफल मात्र भएन, इतिहासमा स्वर्णीम बनेर बस्यो । नेपाल बसाईका क्रममा सीले नेपाल कम्युनिस्ट पार्टीका नेता र कांग्रेस सभापतिसँग छुट्टाछुट्टै भेटवार्ता गरे र पार्टीपार्टीबीचको सम्बन्धलाई विस्तार गर्ने प्रयास गरे । जसले कम्युनिष्ट सरकारको नेतृत्व भएको मुलुक चीनले पार्टीगत ढंगबाट मात्र होइन स्थिर सरकारको पक्षमा सन्तुष्ट रहेको मौन संकेत ग¥यो ।

राजनीतिक दृष्टिले दुवै सरकारको केही अन्र्तरवस्तुमा फरकपन भएपनि समान विचारबाट अघि बढेका छन् । चीन वर्तमान सरकारप्रति आशावादी देखियो । मतलब स्थिर सरकार छ, दुईतिहाइको सरकार छ । यस्तो अवस्थामा सरकारले भनेका र सम्झौता भएका कुरा कार्यान्वयन गर्ने हैसियत राख्छ भन्ने बुझाई सायदै चीनको होला । दुई कम्युनिष्ट पार्टी एकिकरण भएर बनेको नेकपाको सरकार विकास गतिविधिमा सक्षम रहन सक्छ भनेर चिनियाँ राष्ट्र प्रमुखले धेरै लामो समय पछि नेपाल भ्रमण गरे । ढिलो आए तर सम्भावनाका ढोका प्रसस्तै खोलेर गए ।

चीन आन्तरिक मामला र अर्को देशको धुमिल राजनीतिमा रमाउने प्रवृतिको मुलुक होइन उ सदैव व्यवसायिक मित्रतामा जोड दिन्छ भन्ने सन्देश सीको नेपाल बसाई र त्यसक्रममा भएका भेटघाटले पुष्टि गर्न सक्छ । काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता त्यसको एक उदाहरण बन्यो । देउवाले पनि एक चीन नीतिमा प्रतिवद्धता व्यक्त गरेर सोहि आश्वासन दिए । सीको भ्रमणले देखाएको सुन्दर भविश्यका निम्ति सबैभन्दा पहिले सरकार दृढ हुन जरुरी देखियो भने नेकपा बीच भावनात्मक एकताको खाँचो टट्कारो रुपमा देखियो । ठूला पार्टी मिलेर बनेको नेकपामा अब कहिल्यै फुटको राजनीति नहुने हो भने ‘संवृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार भएरै छाड्छ । त्यसो हुन नसके देश फेरिपनि अन्र्तर सघर्षमै रुमलिन्छ । यस कुराको हेक्का रहे नेपालले तीव्रतर विकासको गतिमा फड्को मारिसक्यो ।

सीको नेपाल भ्रमणका बखत भएका सम्झौता साँच्चै कार्यान्वयन भए नेपाल वर्तमानको अवस्थाबाट धेरै माथि उठ्न सक्छ । हिमालय पर्वतबाट विकास सम्भव नभएको अभिव्यक्ति धेरै तिरबाट आइरहेका छन् । ती अभिव्यक्ति जलन पनि हुनसक्छ, ती अभिव्यक्ति संकृण सोचको उपज पनि हुनसक्छ तर सीकै शव्दमा भन्नुपर्दा ‘हामीले गरेका विकासका अनुभवबाट सम्भव हुन्छ’ भन्नुले ‘हुन्छर ?’ भनिरहनु पर्दैन । चीनले असम्भव मानिएका कुराहरुलाई सम्भव बनाएका उदाहरणको फेहरिस्त नै छन् । एक असल छिमेकीको नाताले सीले नेपालप्रति देशाएको सद्भाव साँच्चै नै मित्रवत लाग्दछ । भुपरिवेष्ठित मुलुक नेपाललाई भूजडित मुलुक बनाउन सहयोग गर्ने चीनको प्रतिवद्धता सुन्दर भविश्यको आधार स्तम्भ हो । साँच्चै ती भनाई सार्थक बनेका दिन नेपाल विश्व समुदायमा एक स्वर्गको टुक्रा बनेर उदाउने छ ।

२३ बर्ष पछि चिनियाँ राष्ट्र प्रमुखको नेपाल भ्रमण उपलब्धी मूलक र¥यो । सी कै उपस्थितिमा भएका सम्झौता कार्यान्वयन गर्ने तर्फ नेपाल सरकार गम्भिर ढंगले लाग्नुपर्छ । चीनसँगको सम्बन्धमा प्रघाढता आइरहँदा भारत, अमेरिका, युरोपेली युनियनसँग नेपालले सुमधुर कुटनीतिक सम्बन्ध टिकाइराख्न भने सरकार चुक्नु हुन्न । चीनसँग भएका यी सम्झौताबाट हौसिएर होइन सुमधुर कुटनीतिक सम्बन्ध स्थापित जारी राख्दै अघि बढ्नुपर्छ ।

अर्को महत्वपूर्ण पाटो नेकपा नै हो । दुई ठूला पार्टी एकिकरण बनेर बनेको नेकपा भित्र शक्ति सर्घर्ष र शक्ता मोहको भोक जाग्नुहुन्न । टुटफुटको खेलले नेकपा सक्किने मात्र होइन सीले दिएको ग्रीन सिग्नल बेकार बन्न सक्छ । मतलब नेकपा भित्र एकता, एकता अनि एकता बाहेक कुनै कुराको गुन्जाएस हुनुहुन्न लामो समय । नेकपाको एकताले मात्रै यतिवेला संवृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुन सक्छ । त्यसकारण पद, मोह र कुर्सीमा नेकपाका शीर्ष देखि स्थानीय तहका नेता कार्यकर्ता रुपलिनु हुन्न । नेकपाको दरिलो एकताले मात्र सीले दिएको ग्रीन सिग्नल पूरा हुन सक्छ । यस कुराको दरिलो हेक्का राख्न जरुरी छ नेकपाको शीर्ष नेताहरुले । नेकपा कहिँकतै चुक्यो भने उ त सकिन्छ सकिन्छ । नेपालीको संवृद्ध र सुखी हुने सपना पनि तुहिएर जान्छ । त्यस पछि न नेकपा माथि उठ्न सक्छ नत नेपाली जनता नै ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *