Sajhamanch Archive

उच्च अदालत पोखराका न्यायाधीश शाही बर्खास्त

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेकोे छ ।

परिषद्को शुक्रबार बसेको बैठकले गोरखा ब्रुअरी कर विवादसम्बन्धी मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

परिषद्ले त्यस विवादमा छानबिन समिति गठन गरेको थियो । छानबिनपछि त्यही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले राजीनामा दिइसकेका छन् ।

बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि विराटनगरको मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *