साना मझौला व्यवसायी सहकारीद्वारा स्वास्थ्य शिविर, ३४५ जनाको स्वास्थ्य परीक्षण
Published: (Updated: )
by .बिर्तामोड । साना मझौला व्यवसायी सहकारी संस्था बिर्तामोडले आज एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
झापाको कन्काई नगरपालिका वडा नं ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ३४३ जनाले स्वास्थ्य परीक्षण गराएको संस्थाका अध्यक्ष देवी निरौला बस्नेतले जानकारी दिइन ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कन्काई , बिर्तामोड र अर्जुनधारा नगरपालिकाका आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरेर शिविर सन्चालन गरेको अध्यक्ष बस्नेतले जानकारी दिइन।
शिविरमा बिर्तामोड स्थित अञ्जली अस्पतालका डा. दिपेश पोखरेल, प्रमोद कुमार साह, प्रकाश कुमार श्रेष्ठ ,प्रमोद कुमार राय लगायतले सहजीकरण गरेका थिए ।
उक्त शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर , बाल रोग , हाडजोर्नी लगायत विभिन्न रोगकोहरुको परीक्षण गरिएको थियो ।
Comments