पूर्व नेपाल बहुद्देश्यीय सहकारीका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदबहाली
Published:
by .कमल । झापाको कमल गाउँपालिका वडा नम्बर २ स्थित पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले सपथ ग्रह तथा पदबहाली कार्यक्रम गरेको छ । शनिबार संस्थाले एक कार्यक्रमका बीच नव निर्वाचित कार्यसमिती तथा लेखा समितीलाई सपथ ग्रहण, पदबहाली गराउँदै प्रमाण पत्र वितरण गरीएको छ ।
संस्थाको छैंटौ कार्यकालका लागी सबै पदमा सर्वसम्मत चयन भएका समितीका सदस्यहरुलाई निर्वाचन समितिका संयोजक भवानी दंगालले सपथ ग्रहण गराएका हुन् ।
यसरी सपथ ग्रहण तथा पदबहाली गर्नेमा अध्यक्षमा प्रेम सापकोटा, उपाध्यक्ष याम बहादुर कट्टेल, सदस्य गणेश ढकाल, सिताराम ढकाल, दिपेन्द्र अधिकारी, मोहन कुमार श्रेष्ठ, कमल पाण्डे ,प्रतिभा निरौला (न्यौपाने), टिका थापा रहेका छन् । त्यसैगरी लेखा समिती संयोजक केदारनाथ ढुंगेल सदस्यमा विकास शर्मा फुयँल रहेका छन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रेम सापकोटाले प्रतिबद्धता मन्तव्य राखेका थिए भने व्यवस्थापक चन्द्रकला ढकाल र निवर्तमान अध्यक्ष शालिकराम पोख्रेलले नवनिर्वाचित समिती लाई बधाई तथा शुभकामना दिएका थिए ।
वि.सं. २०५७ सालमा स्थापना भएको सहकारी आर्थिक वर्ष २०७५।०७६ को अन्त्य सम्ममा संस्थाको शेयर पुँजी १० करोड ५१ लाख ४२ हजार ९ सय रुपैया पुगेको छ । निक्षेप संकलन ५० करोड ८५ लाख १८ हजार १६५ रुपैया पुगेको छ भने कर्जा लगानीतर्फ ७७ करोड २८ लाख ९ हजार ६४५ रुपैयाको कारोवार गर्दा नाफा ३ करोड ३४ लाख ७७ हजार ८११ रुपैया गरेको संस्थाले जनाएको छ। संस्थाको विभिन्न कोषमा ११ करोड ३७ लाख २ हजार ८८० रहेको व्यवस्थापक चन्द्रकला ढकालले जानकारी दिइन् । संस्थामा हाल ६ हजार ९ सय ९८ जना सदस्य रहेको समेत ढकालले बताईन् ।
Comments