सात हजार फलफुलका विरुवा रोप्दै नेपाली सेना
Published: (Updated: )
by .कमल । २१ नं वाहिनी अड्डाले खालिरहेको जमिनमा फलफुलका विरुवा रोपेको छ ।
नेपाली सेना २१ नं वाहिनी अड्डामा आज एक कार्यक्रमका बीच विभिन्न जातका फलफुलका विरुवा रोपिएको छ ।
वन मन्त्री जगदिश कुशियत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मिराज पाण्डेले लिचिका विरुवा रोपेर वृक्षारोण कार्यक्रमको सुरु गरेका थिए ।
एक सैनिक एक फलफुका विरुवा कार्यक्रम अन्तरगत २१ नं वाहिनी अड्डाभित्र खाली रहेको करिव ३ सय कठ्ठा जमिनमा विभन्नि जातका फलफुलका विरुवा रोपिएको हो ।
फलफुलका विरुवाबाट वातावरण पनि स्वच्छहुने र त्यहाँबाट उत्पादन भएको फलफुल सेनाले आफै प्रयोग गर्ने जनाईएको छ ।
वृक्षारोपण गरिएका विरुवामा आँप १ हजार ५ सय, लिची ८ सय, रुख कटहर ७ सय, नरिवल १ सय,सुपारि १ हजार ५ सय, कागती १ हजार, अम्बा ५०, एभोकाडो १ सय, केरा ५ सय,बेल ५०, अमला ५०, सजिवन १ सय,रुद्राक्ष २ सय,तित्रि ५० र सिताफल १ सय गरि जम्मा ७ हजार ५० थान विरुवा रापिएको नेपाली सेनाले जनाएको छ ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उदयराना मगर, सुरक्षा निकायका प्रमुख, कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्मा, एनसीसी कक्षा सन्चालन रहेका विद्यालयका शिक्षक विभिन्न संघ संस्थाका प्रतिनिधि, लगायतको उपस्थिती रहेको थियो ।
Comments