रविन्द्र अधिकारीलाई सम्झदै मन्त्री भट्टराईले भने ‘चुहानडाँडामा विमान स्थल बन्छ’
Published: (Updated: )
by .तेह्रथुम । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–६ स्थित चुहानडाँडामा विमानस्थल जुनसुकै हालतमा निर्माण गर्ने प्रतिबद्धता गरेका छन् ।
विहीबार विमानस्थल निर्माण गर्न अवलोकनमा चुहान डाँडा आउनु भएका भट्टराईले विमान स्थल निर्माण गर्न सरकार पछि नहट्ने बताए ।
पूर्वको पहिलो शैक्षिक केन्द्र, मध्यपहाडि लोकमार्ग, पर्यटकीय सम्भावना भएका क्षेत्रले गर्दासमेत पनि चुहानडाँडा विमान स्थलको लागि उपयुक्त ठाँउ भएको उनको दावी छ ।
२०७५ फागुन १५ गतेको दिनलाई सम्झदै भट्टराईले भने– “क्षेत्रमा विमान स्थल निर्माणको लागि स्थलगत अवलोकनमा आउनु भएका बेला तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भयो । उक्त दुःखत र भयानक दुर्घटनाको सामना समेत गर्नु पर्यो । यसले गर्दा पनि विमान स्थल निर्माण जुनसुकै हालतमा गर्नु पर्ने दवाव समेत छ ।”
२०७५ फागुन १५ गते विमान स्थल अवलोकन गरेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर तत्कालिन पर्यटन मन्त्री अधिकारीको दुखत निधन भएको थियो ।
भट्टराईले थपे– “विमान स्थल निर्माणको लागि अहिले विस्तृत प्रतिवेदन वनाउने प्रक्रिया अगाडि वढिसकेको छ । सकेसम्म यहि आर्थिक वर्ष भित्रनै विमान स्थल निर्माण कार्य थालनी हुन्छ ।”
तेह्रथुमसँगै पाँचथर र ताप्लेजुङ जिल्लाका जनतालाईसमेत यो विमान स्थल निर्माण पछि लाभ पुग्ने भट्टराईको दावी छ । यस ठाँउमा विमान स्थल निर्माणको लागि २०१७ सालदेखिनै चर्चा चल्दै आएको थियो । तर, विमान स्थल निर्माणको लागि काम अघि नवढ्दा स्थानिय निरास नै छन् । रविन्द्र अधिकारी आउदा आउदै केहि हौसला मिलेको दुई घण्टा नवित्तै निरास भएका स्थानीय फेरी हौसला थपिएको छ ।
Comments