Sajhamanch Archive

सामान्य विवादले पार्टी एकीकरणमा कुनै असर गर्दैन: कार्यवाहक प्रधानमन्त्री पोखरेल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

विराटनगर । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रको सामान्य विवादले एकीकरणमा कुनै असर नपर्ने बताएका छन् । आज विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै कावा प्रम पोखरेलले एकता भएका दुई ठूला पार्टीमा प्रारम्भमा आ–आफ्ना लिगेसी रहनु स्वभाविक भएको भन्दै सामान्य मनमुुटावले जनता र कार्यकर्ताको आग्रहमा भएको एकीकरणमा कुनै असर पर्ने बताएका हुन् ।

पोखरेलले प्रतिपक्षी दल कांग्रेसले अधिनायकवाद भित्र्याउन खोज्ने भन्ने आरोपमा कुनै सत्यता नभएको बताए । उनले नेकपा आवधिक निर्वाचत र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले अधिनायकवादी सत्ताको पक्षधर नभएको बताए । उनले प्रतिपक्षी दल कांग्रेसको आरोपको खण्डन गर्दै भने, ‘नेकपा एक पटक सत्ता पाएपछि सधैँभरि सत्ता चाहिन्छ भन्ने सोच राख्दैन ।’

नेकपा मोरङले आज आयोजना गर्ने चियापान कार्यक्रममा सहभागी हुन विराटनगर आएका कावा प्रम पोखरेलले नेपालमा नेकपाले सि विचारधारा लागूु गराउने भन्ने हल्ला पनि निराधार हो भने । उनले चिनियाँ विचारधाराका राम्रा पक्षको बारेमा छलफल मात्र भएको भन्दै आफ्नो अनुकूलको विचार आत्मसाथ गर्नेबारे नेपाल आफैँ सक्षम रहेको प्रस्ट पारे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *