Sajhamanch Archive

सन्थाल कपःमदरगाछी र आँपगाछी फुटबल क्लब फाइनलमा प्रतिष्पर्धा गर्ने

Published: (Updated: ) in खेलकुद, विविधा by .

भद्रपुर । भद्रपुर ३ स्थित सन्थाल बस्ती सूर्यनगरमा जारी सन्थाल कप जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनलमा मदरगाछी फुटवल क्लब झापा र आँपगाछी फुटबल क्लब भद्रपुर ३ पुग्न सफल भएका छन् ।

शुक्रवार भएको सेमी फाइनल खेलमा मदरगाछ फुटवल टिमले डाँडीवारीलाई ३ गोल गरी हराउन सफल भएको थियो भने आँपगाछी टिमले आयोजक सूर्यनगरलाई ट्राइवेकरमा हराएको थियो ।

नेपाल तरूण दल भद्रपुर ३ को आयोजनामा कार्तिक २ गतेबाट सुरू भएको प्रतियोगितामा झापाका सन्थाल जातिका १३ वटा टिमले मात्र प्रतिष्पर्धामा सहभागिता जनाएका थिए ।

कार्तिक ९ गते शनिवार हुने फाइनल खेलमा मदरगाछी र आँपगाछी टिमले प्रतिष्पर्धा गर्ने छन् भने कार्यक्रममा सन्थाल नृत्य समेत हुने आयोजकले जानकारी दिएको छ । सो खेलको उद्घाटन काँग्रेस नेता तथा पूर्व गृहमनत्री कृणप्रसाद सिटोैलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *