Sajhamanch Archive

प्रचण्डसँग दूरी बढ्यो भन्नेहरुको गणित मिलेन: प्रधानमन्त्री

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफ्नो दूरी नबढेको दावी गरेका छन् ।

अजरबैजानबाट फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले प्रचण्डसँग दूरी बढ्नु पर्ने कुनै कारण नभएको स्पष्ट गरेका हुन् ।

अर्का अध्यक्ष प्रचण्डसँगको तपाईको दूरी बढेको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘रमाइलो कुरा गर्नुभयो । काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो ।’

उनले दुई अध्यक्षबीच दूरी बढ्यो भन्नेहरुको गणित नमिलेको समेत व्यङ्ग्य गरेका छन् । ‘तपाईंहरुको गणित मिलेन’, उनले भने, ‘दूरी बढेको अवस्था छैन ।’

बाकु सम्मेलनका अवसरमा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति वेङ्कैया नायडु, पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र आयोजक राष्ट्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

त्यसैगरी नामका निवर्तमान अध्यक्ष भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र प्रजग कोरियाली प्रतिनिधिमण्डलका नेता तथा त्यहाँका सर्वोच्च जनसम्मेलनका अध्यक्ष चोइरोयङ हाइसँग पनि शिष्टाचार भेटघाट गरी द्विपक्षीयसम्बन्ध र आपसी हितका विषयमा कुराकानी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *