Sajhamanch Archive

जापानको पाँच सय वर्ष पुरानो शुरी दरबार आगलागीले खरानी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by .

टोकियो । जापानको दक्षिणी टापू ओकिनावास्थित विश्व सम्पदा सूचीकृत शुरी दरबारमा बिहीबार बिहान आगलागी हुँदा ध्वस्त भएको छ ।

आगलागीबाट दरबारको मुख्य हललगायत अन्य संरचनाहरु पूर्णरुपमा जलेका छन् भने आगो अझै नियन्त्रणमा आइसकेको छैन । जापानको स्यानीय टेलिभिजनमा देखाइएको दृष्यमा थुप्रै तल्ला रहेको परम्परागत दरबार हेर्दाहेर्दै आगोको लप्का र धूवाँबीच अस्थिपञ्जर मात्र बाँकी रहेको छ ।

बिहीबार बिहान २ बजेर ४७ मिनेटमा आकस्मिक अग्नि नियन्त्रकहरुलाई आगलागीको खबर आएको र त्यस लगत्तै अग्नि नियन्त्रकको टोली तत्काल घटनास्थलान पुगेर आगो निभाउने काम थालेको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचके ले जनाएको छ ।

झण्डै पाँच सय वर्षअघि यूक्यू राजवंशका लागि राजदरबारका रुपमा निर्माण गरिएको शुरी दरबार पटक–पटक आगलागीमा पर्दै र पुनर्निमाण हुँदै आएको थियो । यसअघि सबैभन्दा पछिल्लो पटक सन १९४५ मा भएको ओकिनावा युद्धका बेला यो ध्वस्त भएको र अहिलेको स्वरुपमा पुनर्निमाण गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *