Sajhamanch Archive

झापाका नदि तथा खोलाहरुमा छठ पर्वको तयारी पुरा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । छठ पर्व सुरु भएसँगै झापाका मेची, विरिङ्ग, कन्काई, सतासी लगायतका नदि किनारामा तयारी पुरा भएको छ ।

कात्तिक १६ गते शनिवार बेलुकी अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ् दिँदै मनाइने तराईवासीहरुको मुख्य चाड छठ पर्वलाई भव्यता दिन विरिङ्ग, कन्काई, सतासी लगायतका नदि किनार सिंगार्न थालिएको हो । मेची, विरिङ्ग कन्काई, सतासी लगायतका नदि मनाइने छठ पर्वलाई भव्यता दिन भक्तजनसहित मानिसहरु सामूहिक रूपमा तयारीमा जुटेको शिवसताक्षी नगर छठ सेवा समिती का अध्यक्ष राम नरेश शर्मा बताए ।

शिवसताक्षी नगरपालिका कार्यलयको सहयोगमा शिवगन्ज स्थित कनकाई नदिको किनारामा पनि उत्तिकै तयारी थालिएको छ । जसमा हालसम्म ८० भन्दा बढी पूजा स्थल (घाट) बनाईएको छ । कनकाई नदीमा पूजा स्थल (घाट)देखि बिजुली बत्ती जडान, सरसफाई, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मुक्ति स्थल निर्माणलगायत काम भइरहेको छ । विगतमा अस्ताउदो सुर्य लाई अर्घ दिएपछी रातको समयमा डालीहरु पुन घर लाने गरिन्थ्यो । तर अहिले भने पुजा स्थलहरु विभिन्न कार्यक्रहरुको आयोजना गरी जागरण बसी डालीहरुको पहरा गरीने शिवसताक्षी नगर छठ सेवा समितिका सचिव लक्ष्मीकान्त जानकारी दिए ।

विरिङ्ग नदीमा पनि छठ पजाको लागी तयारीमा तिब्रता दिईएको छ । नदी वारी र पारी गरी १८ सय घर रहने श्री छठ समाज सेवा समिती विर्तामोडले जनाएको छ । यहाँ मारवाडी, बंगाली, राजवंशी, पहाडी मुलका मानिसहरुले विरिङ्ग नदीमा छठ पर्व मनाउने गर्दछन् ।

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ । साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन् । पारिवारिक एवं सन्तानको सुख समृद्धिको कामना गरी नियम पूर्वक मनाइने यस वर्षको छठ पर्व बिहीबार ब्रतालुहरुले नुहाएर ‘अरबा अरबाइन’ एवं चोखो खानेकुरा खाएपछि विधिवत रुपमा सुरु भएको हो । शनिबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको पहिलो दिन ब्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन बिहान उँदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *