Sajhamanch Archive

नगरले विषयगत समितिलाई वडामा विस्तार गर्ने

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले गठन गरेको चार वटा बिषयगत बिभिन्न समितिलाई वडामा समेत बिस्तार गरिने भएको छ ।

नगरपालिकामा आइतबार भएको छलफलमा नगरद्वारा गठित खेलकुद, युवा, कला तथा साहित्य बिभागलाई वडामा लाने निर्णय गरेको हो ।
छलफलमा नगरप्रमुख हरिकुमार राना, उप–प्रमुख कमला खतिवडा आर्चाय, प्रशासकिय अधिकृत पंकज भुर्तेल तथा कला, खेलकुद, युवा, सञ्चारका संयोजक छलफलमा सहभागी भएका थिए ।

छलफलले नगरका युवाको क्षमता बृद्धि गर्न संघिय युवा परिषद मार्फत बिभिन्न कार्यक्रम गर्ने, खेलकुद विकास समितिसंग समन्वय र सहकार्य गर्ने, अग्रज कलाकर्मीलाई समेटेर बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको नगरपालिकाका सौजन कटुवालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *