रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रम सम्पन्न
Published: (Updated: )
by .बिर्तामोड । रिपोर्टर्स क्लब नेपालले स्थानीय तहका प्रमुखहरुसँग बिर्तामोडमा आज साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
साक्षात्कार कार्यक्रममा बोल्दै मेचिनगर नगरपालिकाका प्रमुख विमल आचार्यले केन्द्र र प्रदेशमा आफ्नो सरकार नभएकाले आफुले सोचे अनुरुप कार्य गर्न नसकेको सुनाए ।
सरकारले नीति र नियम अनुसार सबै नगरलाई सम्मान दृष्टिकोणले हेर्नूपर्ने अनि मात्र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा हुने बताए ।
उनले आफ्नो कार्यकालमा आफुहरुले घोषणापत्रमा बाचा गरेका योजना अनुरुप आफुहरु अघि बढेको जानकारी दिए ।
सो कार्यक्रममा आफना धारणा राख्दै बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नो नगरलाई प्रदुषण र विषादीरहित बनाउने योजना अनुरुप अगाडि बढेको सुनाए । आफ्नो कार्यकालमा कृषि र शिक्षालाई मध्यनजर गरेर बजेट यी क्षेत्रमा बढी विनियोजन गरेको बताए ।
आफ्नो नगरलाई अरु नगर भन्दा फरक बनाउन आफुहरु लागि परेको र यहाँका जनताहरुको साथ र सहयोगको अपेक्षा समेत रहेको बताए । साथै उनले आफ्नो नगरका जनताको स्वास्थ्यलाई ख्यालमा राख्दै बिरामीलाई गुणस्तरीय औषधी वितरण गर्दै आएको जानकारी दिए ।
त्यसैगरी उक्त कार्यक्रममा दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले आफनो नगर पूर्ण खोप र खुल्ला दिसामुक्त क्षेत्र भइ सकेको र बालमैत्री नगर बनाउने योजना रहेको बताए ।
९० प्रतिशत योजनाहरु कार्यान्वयनको चरणमा पुगेको र अरु १० प्रतिशत योजनाहरु पनि चाँडै कार्यान्वयन गर्ने तयारी रहेको जानकारी दिए । साथै उनले आफनो नगरमा लागू पदार्थ सेवन गर्नेको सङख्या अत्यधिक भएकाले यो समस्यालाई हल गर्नु आफ्नो ठुलो चुनौती रहेको बताए ।
Comments