Sajhamanch Archive

एनएमसी झापाको साधारणसभाका लागि प्रतिनिधि छनोट सम्बन्धी सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by .

असल संस्कार र समृद्धिका लागि एनएमसी

              नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

NMC-COOP

कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा

२७औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनोट सम्बन्धी सूचना

 

संस्थाको २७औँ वार्षिक साधारणसभा प्रक्रिया २०७६ कात्तिक २१ गते बिहीबारदेखि सुरुभई २०७६ कात्तिक ३० गते शनिबार सम्पन्न हुने भएको हुँदा सो प्रयोजनका लागि सहकारी ऐन २०७४ एवम् संस्थाको विनियम २०५० (संशोधन २०७५) समेतको आधारमा प्रतिनिधि छनोट कार्यक्रममा सहभागी बन्न सदस्य महानुभावहरूमा जानकारीका लागि यो सूचना जारी गरिएको छ ।

साधारणसभाका लागि प्रतिनिधि छनोट सम्बन्धी गाइडलाइन तपसिल अनुसार हुनेछ ।

१. साधारणसभामा प्रतिनिधि बन्नका लागि २०७६ असार मसान्तसम्म सदस्य कायम रहेको हुनुपर्ने छ ।

२. संस्थाबाट कर्जा लिई सोको अन्तिम भाखा नाघेका वा लगातार ३ महिनासम्म ब्याज नबुझाएका सदस्यहरु साधारणसभामा प्रतिनिधि बन्न पाउने छैनन् ।

३. साधारणसभामा प्रतिनिधि बन्न चाहने सदस्यले २०७६ कात्तिक २१ गतेदेखि २३ गतेसम्म आफू आवद्ध भएको कार्यालयमा संस्थाले तोकेको ढाँचामा प्रतिनिधि आवेदन फारम दर्ता गर्नुपर्ने छ । निवेदन फारम सम्बन्धित कार्यालयबाट निःशुल्क प्राप्त हुने छ ।

४. प्रतिनिधि सङ्ख्या निर्धारण सम्बन्धित कार्यालय अन्तर्गत एकाइगत आधारमा कायम भएका कूल सदस्यहरुमध्ये ७०ः१ को अनुपातका आधारमा छनोट गरिनेछ । प्रतिनिधि छनोट गर्दा महिला सदस्यको अनुपातमा महिला प्रतिनिधि संख्या नघट्ने गरी छनोट गरिने छ ।

५. कुनै एकाइमा आवश्यक संख्याभन्दा बढी प्रतिनिधि आवेदन फारम पेस हुन आएमा २०७६ कात्तिक २३ गते सम्बन्धित कार्यालयमा छलफल तथा सहमतिको विधिबाट प्रतिनिधि टुंगो लगाइनेछ । यस प्रयोजनका लागि आवेदन पेस गर्ने सदस्यको उपस्थिति अनिवार्य हुनेछ । अनुपस्थित सदस्यको नामावली प्रतिनिधिको सूचिबाट स्वतः हटेको मानिनेछ ।

६. साधारणसभाका लागि छनोट भएका प्रतिनिधिहरुको क्षेत्रगत साधारणसभा तपसिल बमोजिम हुनेछ ।

तपसिल

मिति क्षेत्रीय कार्यालय सहभागी हुने कार्यालयहरु समय   स्थान
कात्तिक २५ गते सोमबार दूधे दुधे, शिवगञ्ज, दमक, गौरीगञ्ज, ग्वालडुब्बा, गौरादह, केरखा ११–१ बजे सम्बन्धित क्षेत्रीय कार्यालयले तोकेअनुसार
कात्तिक २५ गते सोमबार सुरुङ्गा सुरुङ्गा, दुर्गापुर, शरणामती, घैलाडुब्बा, झापा बजार २–४ बजे सम्बन्धित क्षेत्रीय कार्यालयले तोकेअनुसार
कात्तिक २६ गते मंगलबार बिर्तामोड बिर्तामोड, महानन्द चोक, गरामनी, चारपाने, बुट्टाबारी, सैनिक मोड, सैनिक बजार ११–१ बजे सम्बन्धित क्षेत्रीय कार्यालयले तोकेअनुसार
कात्तिक २६ गते मंगलबार  शनिश्चरे शनिश्चरे, बुधबारे, शान्तिनगर, खुदुनाबारी २–४ बजे सम्बन्धित क्षेत्रीय कार्यालयले तोकेअनुसार
कात्तिक २७ गते बुधबार काँकरभिट्टा बाहुनडाँगी, काँकरभिट्टा, इँटाभट्टा, धुलाबारी, चारआली, खुट्टीडाँगी, बौद्धमोड  ११–१ बजे सम्बन्धित क्षेत्रीय कार्यालयले तोकेअनुसार
कात्तिक २७ गते बुधबार चन्द्रगढी चन्द्रगढी, भद्रपुर, सगरमाथा, बनियानी, पथरीया, बडाबारी, गोलधाप, राजगढ २–४ बजे सम्बन्धित क्षेत्रीय कार्यालयले तोकेअनुसार

(नोट : क्षेत्रीयस्तरको साधारणसभाका लागि निर्धारित समय अपुग भएमा आवश्यकता अनुसार सभाको निर्णयले समय थप गर्न सकिनेछ ।)

७. प्रत्येक क्षेत्रीयस्तरमा हुने साधारणसभाबाट अन्तिम साधारणसभाको माइन्युट प्रमाणित गर्न न्यूनतम १ जना महिलासहित तीन जना प्रतिनिधि छनोट गर्नुपर्नेछ ।

८. क्षेत्रीयस्तरमा सम्पन्न साधारण सभाबाट तीनजनामध्ये एकजना टोली नेता छनोट गर्नुपर्नेछ । टोली नेताले साधारण सभाको दुई दिनअघि लिखित सुझाव बुँदागत रुपमा तयार गरी कर्पाेरेट कार्यालय समक्ष पेस गर्नुपर्ने छ । टोली नेताले लिखित सुझावका बुँदाहरु मात्र अन्तिम साधारण सभामा प्रस्तुत गर्नुपर्ने छ ।

९. संस्थाको २७ औँ अन्तिम चरणको वार्षिक साधारण सभामा क्षेत्रीयस्तरको साधारण सभामा छनोट भएका प्रतिनिधि सदस्यलाई मात्र आमन्त्रण गरिने छ ।

१०. संस्थाको २७ औँ वार्षिक साधारण सभा २०७६ कात्तिक ३० गते शनिबार मेचीनगर–९, धुलाबारीस्थित टाउन हलमा आयोजना गरिनेछ ।

– कर्पाेरेट कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *