नेपालबाट लगानी फिर्ता लैजान आएनन् उत्तर कोरियाली लगानीकर्ता
Published:
by .काठमाडौं । नेपालमा गरिएको लगानी फिर्ता लैजान दिइएको समयसीमा सकिँदा पनि उत्तर कोरियाली लगानीकर्ताहरु उद्योग विभागको सम्पर्कमा आएका छैनन् ।
विभागले कात्तिकको दोस्रो साताभित्र नेपालमा रहेको लगानी प्रक्रिया पुर्याइ फिर्ता लैजान कात्तिक ३ गते तेस्रोपटक निर्देशन दिएको थियो ।
यसअघि भदौ ३० निर्देशनमा विभागले उत्तर कोरियाली लगानीकर्तालाई ४५ दिनको म्याद अर्थात कात्तिक १४ गतेसम्म लगानी फिर्ता लैजान भनेको थियो । आर्थिक अभियान दैनिकबाट ।
Comments