Sajhamanch Archive

उपनिर्वाचनका लागि आज मनोनय दर्ता, आजै उम्मेद्वारको सूची प्रकाशन गरिने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । आउँदो मंसिर १४ मा मा हुने उपनिर्वाचनका आज (बिहीबार) मनोनयन दर्ता हुँदैछ ।

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका रिक्त स्थानमा पदपूर्तिका हुन लागेको चुनावका लागि आज मनोनयन पत्र दर्ता हुना लागेको हो । आज अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

मनोनय दर्ता गराएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

आयोगका अनुसार भोलि २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १.३० बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यसैगरी २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यसै दिन ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३, स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष(१ र वडाध्यक्ष(४३ गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
३७ जिल्लाका ५२ स्थानमा हुने उपनिर्वाचनमा १०१ राजनीतिक दल प्रतिष्पर्धा गर्दै छन् ।

उपनिर्वाचनका लागि १६ नयाँ दल दर्ता भएका छन् । २०७४ मा भएको प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनमा भाग लिएका ८५ र नयाँ १६ गरी १०१ राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाउन लागेका हुन् ।

आयोगका अनुसार मतदानमा ४ लाख ५४ हजार ११४ मतदाता सहभागी हुँदैछन् । मृत्युलगायत विभिन्न कारणले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका खाली रहेका विभिन्न स्थानमा पदपूर्तिका लागि आगामी मंसिर १४ गते उपचनिर्वाचन गर्न लागिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *