Sajhamanch Archive

कालापानीकाे छलफल गर्न संसदीय समितिले प्रधानमन्त्रीलाई डाक्याे

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडाैं ।  भारतले नेपालका भूभाग समेत भारतीय नक्सामा समेटेर सार्वजनिक गरेपछि अहिले नेपालमा सर्वत्र विरोध भैरहेको छ ।

यसैबिच भारतले जारी गरेको नयाँ नक्साको बारेका छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

सांसदहरुले अतिक्रमणको विषयमा छलफल आवश्यक भएको भन्दै समितिलाई दबाब दिएपछि प्रधानमन्त्रीलाई नै बैठकमा बोलाइएको हो ।

नेपालको भूभागलाई आफ्नो देशको नयाा नक्सामा भारतले समावेश गरेको विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गरिने बताइएको छ । यस्तै, अन्तर्रा्ष्टि्रय सम्बन्ध समितिले पनि सोही विषयमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई बोलाएको छ ।

शनिवार सरकारले यही विषयमा राष्ट्रिय एकता र सुझावका लागि सर्वपइाीय बैठक बोलाउनुभएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *