Sajhamanch Archive

सताक्षीधाममा तयार भयो, कोटिहवनका लागि १०८ कुण्ड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

शिवसताक्षी । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम सुरु हुन लागेको १०८ कुण्डीय कोटिहवनको सम्पूर्ण तयारी पुरा भएको छ । आइतबार शताक्षीधाममा पत्रकार सम्मलेन गर्दै पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दैै आयोजना गरिएको कोटिहवनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

झापाका १५ वटै स्थानीयतहको आयोजनामा कार्तिक २७ देखि मंसिर ९ सम्म हुने श्री सताक्षी धार्मिक महोत्सव एव १०८ कुण्डीय कोटिहवनमा श्रीमद भागवत कथा बाचन, प्रत्येक साँझ गंगा आरती, प्रत्येक दिन विहान योग शिविर हुने जिल्ला समन्वय समिति संयोजक तथा मूल आयोजक समितिका संयोजक सोम पोर्तेलले बताए । उनले नेपालमा एक मात्र रहेको शताक्षीधाममा सरकारी स्तरबाटै कोटिहवनको आयोजना गरिएकाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जानकारी दिए ।

झापामा जिल्लामा भएको स्थानीय उत्पादनहरुको प्रदर्शनी, विभिन्न जात जातिहरुको सांस्कृतिक भेष भूषा, भागवत कथामा आधारित लीला मञ्चन गरिने, झापा जिल्ला भित्रका ऐतिहासिक तथा धार्मिक क्षेत्रहरुमा गई अवलोकन तथा पर्यटन प्रवद्र्धनका लागि प्रचार गरिने समेत संयोजक पोर्तेलले जानकारी दिए ।

सताक्षीधाम गोवद्र्धन गौशालाका संरक्षक तथा होटिहवन मूल आयोजक समितिका संरक्षक आचार्य श्री नन्दकिशोर भारद्वजले कोटिहवनमा नेपाल बाहिरबाट २० हजार श्रद्धालु भक्तजनहरुको आगमन हुने जानकारी दिए । उनले अन्तराष्ट्रिय स्तरमा पनि यस कोटिहवनको प्रचार प्रसार भएकाले भारत, बंगलादेश, भुटानबाट २० हजार भक्तजन र अन्य माल्दिप्स, सिंगापुर, अमेरिका, जर्मन लगायतका देशहरुबाट प्रतिनिधि मुलक भक्तजन आउने जानकारी दिए ।

शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्माले कोटिहवन लागि स्थानीय सरकारका तर्फबाट १० लाख दिइने बताए । उनले झापा १५ वटै स्थानीयतहहरु यस यज्ञका आयोजक हुन् । उनले भने, सबै स्थानीय तहहरुले आ–आफ्ना हिसाबले सहयोग गर्नू हुनेछ ।

कोटिहवनमा २ करोड ३ लाख खर्च हुने बताइएको छ । तर काम गराईको हिसाबले खर्च बढेर ३ करोडको हाराहारी पुग्न सक्ने संयोजक पोर्तेलले जानकारी दिए ।

प्रत्येक एक कुण्डको कर्ता सेवाबाट ५१ हजार संकलन गर्ने आयोजकले जनाएको छ । १०८ जना ब्राम्हणहरुलाई व्यक्तिगत रुपले टिका लगाई दिएको भेटी बाहेक सम्पूर्ण दान भेटी मुल आयोजक समितिले संकलन गर्ने बताएको छ । कोटिहवनबाट संकलन गरिएको ५० प्रतिशत रकम गोवद्र्धन गौशालामा अक्षय कोष खडागरि गौशालाल सञ्चालन गरिएको समेत आयोजकले जनाएको छ । कोटिहोमका लागि गजुर सहित ७ तलाको वाँसजन्य बस्तुबाट जडित यज्ञकुण्ड निर्माण सम्पन्न भएको छ ।

कोटिहोममा आगन्तुक पाहुनाको स्वागतका लागि पूर्व पश्चिम राजमार्गमा ३० वटा स्वागतद्धार निर्माण भएका छन् भने सहायक मार्गमा १० वटा स्वागतद्वार निर्माण सम्पन्न भएको छ । पिउने पानी, आवास, भोजनालय, विद्युत लगायतका पूर्वाधार निर्माण भइसकेको छ । मोवाइलका सेवाग्राहीका लागि नेटवर्कको व्यवस्था मिलाउने काम भईरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *