Sajhamanch Archive

केर्खा–क्याम्पा सडक निर्माणमा ढिलासुस्ति भएको भन्दै स्थानीयले गाउँपालिकामा बुझाए ज्ञापन पत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

कमल । कमल गाउँपालिकाको केर्खा, क्याम्पा बजार हुँदै बैगुनधुरा जोड्ने सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै शुक्रबार स्थानीयले कमल गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

“बाटो ” कि राम्रो बनाउ, कि नक्सा मेटाउ , भन्ने प्ले कार्डसहित स्थानीय गाउँपालिका पुगेका थिए ।  सडक निर्माणका लागी ३ वर्ष अगाडी ठेक्का लागेपनि सडक निर्माणका लागी जिम्मा पाएको रोशन– शाह ईन्जिनियरिङ्ग जेभीले आजसम्म पनि सडक निर्माणको काम सुरु नगर्दा त्यहाँबाट निस्किएको धुलोका कारण आजित भएका स्थानिय बासीले प्लेकार्ड सहित सडकामा उत्रिएका हुन् । उनीहरुले के कारणले सडक निर्माण सुरु नभएको कारण पत्तालगाई तुरुन्त सडक निर्माणको काम सुरु गर्न निर्माण कम्पनीलाई दवाव दिन भन्दै कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

गाउँपालिकाले पटक–पटक ठेकदारसँग बसेर छलफल गरे पनि काम सुरु नगरेपछि यसबाट स्थानिय बासी मात्र होईन, जनप्रतिनिधि समेत पीडामा रहेको कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी दिए ।

उनले ठेकदार कम्पनीसँग पटक–पटक बसेर छलफल गरे पनि सडक निर्माणमा ठेकदारले बेवास्ता गरेका कारण गाउँपालिका आफै हैरान भएको बताए । पछिल्लो समय म्याद थपेको छ भन्ने सुनिएको छ, तर यस विषयमा गाउँपालिकालाई कुनै जानकारी नभएको उपाध्यक्ष सिवाकोटी जानकारी दिए ।

कमल गाउँपालिकाको केर्खा हुँदै बैगुनधुरासम्म जोड्ने १७ किलोमिटर सडक निर्माणका लागी २०७४ साल असार २० गते सम्झौता भएको हो । २०७६ साल असार १९ गते सडक निर्माणको सम्पूर्ण काम सम्पन्न गरि सक्नु पर्ने थियो । तर सडक निर्माण सुरु नै नगरीः म्याद थपिएकोमा स्थानिय आक्रोसित बनेका स्थानीय रामचन्द्र बरालले बताए ।

सडकबाट निस्किएको धुलोका कारण स्थानिय विरामी भएका छन् । धुलोका कारण कतिपय घरमा भएका विद्युतीय सामाग्री समेत विग्रिएको छ । खानका लागि लगाएको अन्नबाली समेत नष्ट भएको स्थानिय गोरिमान फागोले बताउँछन् ।

टोलीका संयोजक डिल्ली न्यौपाने भन्छन् “जनता कर तिर्न लालाईत छन् तर जनप्रतिनिधिलाई जनताको स्वास्थ्यप्रति कुनै मतलव छैन ” ठक्का लागेको ३ वर्ष वितिसक्दा पनि सडक निर्माणको काम किन भएन त ?

सडक निर्माणको जिम्मा लिएको रोशन– शाह इन्जिनियरिङ्ग जेभीका प्रोप्राईटर संजिव कुमार शाहका अनुसार खोला बन्द भएका कारण सडक निर्माणका लागी आवश्यक कच्चा पदार्थ नपाएर काम नभएको खोला खुल्नासाथ सडक निर्माणको काम सुरु गर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *