सहकारीको जागिरप्रति युवाहरुको आकर्षण बढ्दो
Published: (Updated: )
by .कमल । अन्य क्षेत्रको जागिरभन्दा सहकारीको जागिरप्रति युवाहरुको आकर्षण दिनानु दिन बढ्न थालेको छ ।
अन्य क्षेत्रमा काम गर्दा घर पायक नहुने, जागिर खानका लागि धरै झन्झट व्यहोर्नु पर्ने तर सहकारी संस्थाहरुमा काम लाग्न र काम गर्दा घर पायक हुने भएकाले पनि सहकारी क्षेत्र युवा, यवतीको रोजाईमा परेको हो ।
देशमा बढ्दो बेरोजगारीका साथै सहकारीको जागिर स्थिायित्व हुने भएकोले पनि पछिल्लो समय सहकारी क्षेत्र युवा युवतीको रोजाईको विषय बनेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडका कर्मचारी छनौट समितीका सदस्य महेश भण्डारी बताए ।
झापाको कमल गाउँपालिका २ क्याम्पामा मुख्य कार्यालय रहेको संस्थाले आफ्नो नियमित कार्य सन्चालनका साथै कार्यक्षेत्र विस्तार गर्नकालागि आश्यक पर्ने कर्मचारी आवश्यकता सम्बन्धि केहिदिन अगाडि सुचना प्रकाशित गरेको थियो ।
जसमा नगद तथा कर्जा सहायकमा ५ जनाको कोटामा १ सय ३ जना, संकलक १९ जनामा १ सय १५ जना, कार्यालय सहायक ३ जनामा ७ जना र कम्प्युटर प्राविधिक १ जनामा ३ जनाको निवेदन परेको संस्थाले जनाएको छ ।
पुर्वनेपाल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष प्रेम सापकोटाका अनुसार सस्थामा यति धेरैको संख्यामा निवेदन आउनु भनेको संस्थाको राम्रो छवि हो भने अर्को तर्फ सहकारीप्रति युवाहरुको बढ्दो आकर्षण हो ।
Comments