Sajhamanch Archive

नौलो विहानीमा पुनः राई

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

कमल । कमल गाउँपालिका ३ स्थित नौलो विहानी कृषि सहकारी सस्था लि.को पाँचौ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः देउकुमार राई चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा देवकुमार लिम्बु लेछर्वाे, सचिव राजेस कुलुङ्ग राई कोषाध्यक्ष चेतकुमारी सिवाकोटी चयन भएको सहकारीले जनाएको छ ।

त्यसैगरी सदस्यमा हेमराज लावती,पुन्यप्रसाद गुरागाँई, रत्नकुमार जवेगु, गोपीकुमारी गुरुङ्ग, भुवानीप्रसाद थेवे, मुना लिम्बु, दोर्चिम्मा राई शेर्पा चयन भएको व्यवस्थाक आशिस लिम्बु लेछर्वोले जानकारी दिए ।

संस्थाको लेखा समिति संयोजकमा दिपचन्द्र लिम्बु, सदस्यमा आईतलाल लिम्बु र विष्णु ईग्वा लिम्बु चयन भएको सहकारीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *