सामुदायिक वनका अध्यक्षसहित दुई पक्राउ
Published:
by .प्रतिबन्धीत सखुवाको रुख काटेको अभियोगमा मेचीनगर–११ स्थीत बाँसबारी सामुदायिक वन समितिका अध्यक्ष शभ्भु राजबंशी सहित दुई जनालाई जिल्ला वन कार्यालय झापाको टालीले पक्राउ गरेको छ ।
राजबंशीसंगै स्थानीय लोकनाथ दाहाललाई समेत वन कार्यालयको अनुसन्धान टोलीले पक्राउ गरेको जिल्ला वन कार्यालय झापाका अनुसन्धान अधिकृत एकराज दाहालले बताए । बाँसबारी सामुदायिक वन समुहको वन क्षेत्रसंगै जोडिएका लोकनाथ दाहालको जमिनमा रहेका दुई वटा साल(सखुवा) का रुख अनुमति बिना नै जेठको अन्तिम साता बाँसबारी सामुदायिक वनका पदाधिकारीहरुको अगुवाईमा कटान गरिए थियो ।
रुख काटिए पछि स्थानीयहरुले वन कार्यालयमा उजुरी गरेका थिए । सोही रुख कटानको अनुसन्धानका क्रममा वन कार्यालयको टोलीले अध्यक्ष राजबंशी र दाहाललाई आईतबार अपरान्ह ३ः३० बजे स्थानीय लोकनाथ दाहालकै घरबाट पक्राउ गरिएको अनुसन्धान अधिकृत दाहालले जानकारी दिए ।
अनुुुसन्धान अधिकृत दाहालले भने–‘ सखुवाको रुख काटिएको मुद्धाको अनुसन्धानकै क्रम आईतबार स्थानीयको सर्जिमिन लिन आएको समयमा वन पदाधिकारीहरुको उपस्थीतीमा नै रुख काटीएको भनेर स्थानीयले सर्जिमिनमा बताए पछि सामुदायिक वनका अध्यक्ष र रुख भएको जग्गाधनीलाई पक्राउ गरि अनुसन्धान गर्नु पर्ने देखिएकाले पक्राउ गरिएको हो ।’
पक्राउ परेका दुवै जनालाई जिल्ला वन कार्यालय झापामा राखिएको र अनुसन्धानको समय २४ दिन हुने भएकाले त्यस अवधीसम्म पक्राउ परेकालाई वन कार्यालयको हिरासतमा नै राखिने अनुसन्धान अधिकृत दाहालले जानकारी दिए ।
नीजी वा सार्वजनिक जहाँ भए पनि सखुवाको रुख कटान गर्न प्रतिबन्ध भएकाले त्यस्तो कार्यमा संलग्नहरुलाई अभियोग प्रमाणित भए वन ऐन अनुसार कारवाही हुने जिल्ला वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताए ।-jhapa times बाट
Comments