Sajhamanch Archive

बंगलादेशसँग नेपालको हार

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाडौं‌। बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको सो खेलमा नेपालले बंगलादेशको यू–२३ टिमसँग ८ विकेटको हार ब्यहोरेको हो ।

बंगलादेशको सामारस्थित मैदानमा नेपालले दिएको १ सय ३९रनको सामान्य लक्ष्य घरेलु टोली बंगलादेशले २४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । त्यसअघि टस जितेर बंगलादेश फिल्डिङमा उत्रिएपछि ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ३८ रन बनाएको थियो ।

पुछारबाट ब्याटिङ गर्न आएका उनले ४ चौकाको मद्दतले ६३ बलमा ३८ रन बनाएका हुन् । खराब सुरुवात गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रन बनाए ।

३५ रन बनाएको अवस्थामा तीन जना ब्याट्सम्यानलाई गुमाएको नेपालले ८५ रन बनाउँदा बाँकी पाँच विकेट पनि गुमाएको थियो ।पहिलो विकेटका लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ले ३३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भुर्तेल १० रनमा आउट भए । त्यसलगत्तै नेपालले थप १ रन जोड्दा दोस्रो विकेट गुमायो । अर्का ओपनर तथा कप्तान मल्ल २२ रनमा आउट भए । शरद १ रनमा पोविलियन फर्किए । यस्तै करणले १८, आरिफ शेख ११, कुशल भुर्तेल १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

बलिङतर्फ बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३–३ विकेट हात पार्दा तन्वीर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।

बिहीबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित हुँदा शनिबार भएको दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *