रोमानियाको पोष्टमा स्पेनको पाँच गोल
Published:
by .एजेन्सी । युरोकप २०२० मा स्थान बनाइसकेको स्पेनलले समूह चरणको अन्तिम खेलमा प्रभावशाली जीत निकालेको छ ।
घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोलले हरायो ।
स्पेनलाई जिताउन आठौँ मिनेटमा फेबियन रुइजले खाता खोले । जेरार्ड मोरेनोले ३३ औँ र ४३ औँ मिनेटमा लगातार दुई गोल गरे । स्पेनले ४५ औँ मिनेटमा रोमानियाका एड्रियन रसबाट आत्मघाती गोल उपहार पाएको थियो । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा माइकल ओयरजाबालले गोल गर्दै स्पेनलाई प्रभावशाली जित दिलाए ।
जितसँगै समूह ‘एफ’ को शीर्ष स्थानमा रहेको स्पेनले १० खेलबाट २६ अंक बनायो । अर्को खेलमा स्वीडेनले फारोय आइसल्यान्डलाई ३–० गोलले पराजित भयो । स्वीडेन पनि समूह उपविजेताको रुपमा युरोकपमा छनोट भईसकेको छ । दोस्रो स्थानम रहेको स्वीडेनको २१ अंक छ । यही समूहको अर्को खेलमा नर्वेले माल्टालाई २–१ गोलले हराएको छ ।
Comments