Sajhamanch Archive

मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान गयो, नौं जना बिरामी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बैतडी । बैतडीमा मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान गएको छ । त्यस्तै एकै परिवारका नौं जना बिरामी परेका छन् ।

पुर्चौंडी नगरपालिका वडा नं.२, जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान जानुका साथै नौं जना बिरामी परेका हुन् ।

शनिबार साँझ कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेको स्थानीय केशव पन्तले जानकारी दिए ।

मासु खाएपछि बान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएको उनले बताए । शनिबार रातिदेखि नै बिरामी परेकी १५ वर्षीया पुष्पा पार्कीको सोमबार ज्यान गएकोे पन्तले जानकारी दिए ।

बिरामीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले औषधि दिए पनि ठिक नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकीमा लगेको उनले बताए ।

कुखुराको मासु सेवनपछि बिरामी हुनेमा ७० वर्षीय पार्वती पार्की, ३३ वर्षीया गंगा पार्की, ८ वर्षीय राकेश पार्की, ३५ वर्षीया जानकी पार्की, १२ वर्षीय मनोज पार्की, १० वर्षीय रमेश पार्की, ६ वर्षीय भुवन पार्की, ६ वर्षीय रुपेश पार्की र ४ वर्षीया सपना पार्की रहेका छन् ।

७० वर्षीया पार्वती बाहेक सबैलाई उपचारका लागि हाट स्वास्थ्यचौकी लगिएको महादेवस्थान स्वास्थ्यचौकीले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *