Sajhamanch Archive

घुससहित कार्यवाहक वडा अध्यक्ष साह पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका वडा नं.१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई २१ हजार घुससहित नियन्त्रणमा लिएको छ ।

२ लाख रुपैयाँको सडक स्तरोन्नतीको योजना सम्झौताका लागि ठेकेदारसँग २१ हजार घुस लिएको आरोपमा कार्यवाहक वडाध्यक्ष साहलाई आज अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

२ लाख रुपैयाँको सडक स्तरोन्नतीको योजना सम्झौताका लागि ठेकेदारसँग घुस मागेको सूचनाको आधारमा कार्यवाहक वडा अध्यक्ष साहलाई २१ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको आयोगका इटहरी प्रवक्ता ज्ञानेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

विराटनगर महानगरपालिका वडा नं.१४ का समानन्द यादवको हत्या गरेको आरोप लागेपछि जहदा गाउँपालिका वडा नं.१ का वडाध्यक्ष प्रदीप यादव फरार छन् ।

वडा अध्यक्ष यादवले उमेशकुमार साहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएर फरार भएका थिए । त्यस यता साहले वडाध्यक्षको रुपमा काम गर्दै आइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *