अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मनकामनामा सचेतना कार्यक्रम
Published: (Updated: )
by .बिर्तामोड । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं रहेकी थिइन ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी प्रसाईंले बालबालिकाहरु भनेका भोलिका कर्णधारहरु भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा दिनु आवश्यक रहेको बताउदै शिक्षाको माध्यमबाट समाजमा रचनात्मक कार्यहरू गर्नु जरुरी रहेको बताइन् ।
उक्त सचेतना कार्यक्रमको सहजीकरण प्राध्यापक विजय तिम्सिनाले गरेका थिए । उक्त कार्यक्रम विद्यार्थीहरुलाई बाल अधिकारका बारेमा बताउदै बालबालिकाहरुले के कस्ता अधिकारहरु पाउछन् भन्ने बारेमा बताएका थिए ।
सगरमाथा टिन्स क्लबका अध्यक्ष कञ्चन थापाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन टिन्स क्लबका सचिव श्रेया ढुंगाना र बाल क्लबका सचिव इनु थापाले संयुक्त रुपमा गरेका थिए ।
Comments