Sajhamanch Archive

प्रथम धिमाल राष्ट्रिय फुटबल कपको उपाधिको लागि दमक र कानेपोखरी भिड्ने

Published: in खेलकुद by .

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम धिमाल राष्ट्रिय फुटबल कपको उपाधिको लागि झापाको दमक नगरपालिका र मोरङ्गको कानेपोखरी नगरपालिका बिच हुने भएको छ ।
बुधबार डोमालाल राजबंशी रङ्गशालामा सम्पन्न सेमीफाइनल खेलमा विजयी हुँदै दमक र कानेपोखरीको टिम फाइनलमा पुगेका हुन् । पहिलो सेमीफाइनलमा कानेपोखरीले पथरीलाई १।० ले र दोस्रो सेमीफाइनलमा दमकले उर्लाबारीलाई २।० ले पराजित गरेका हुन् । दुवै सेमीफाइनल खेलका उत्कृष्ट खृलाडिलाई बिशेष अतिथि सजेश सिवाकोटि र जल कुमार गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए ।
धिमाल जातिका युवालाई खेलकुदका माध्यमबाट अगाडि बढाउन धिमाल सेवा समाजको आयोजनामा सञ्चालन भइरहेको ‘प्रथम धिमाल राष्ट्रिय फुटबल कपको उपाधि विजेताले नगद ५० हजार ५ सय ५५ रुपैँया र उपविजेताले नगद ३० हजार रुपैँया, शिल्डकप र प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष मन बहादुर धिमालले जानकारी दिएका छन् । उपाधि भिडन्त मंशीर ५ गते शुक्रबार दिउँसो २ बजे हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा झापा, मोरङ र भारतमा बसोबास गर्ने धिमाल जातिका युवाहरु सम्मिलित १० वटा टिमको सहभागीता रहेको छ । धिमाल जातीबाट विजय धिमाल, रजिन धिमाल लगायतका युवाहरु नेपाली राष्ट्रिय टोलीबाट समेत खेल्दै आएकोले फुटबलमा पनि भविष्य बनाउन प्रतियोगिताले ठूलो सहयोग पुग्ने आयोजक समितिको अपेक्षा रहेको सचिव शक्ति धिमालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *