Sajhamanch Archive

कुकुरको निधारमा पुच्छर, सेल्फी लिनेको भिड

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

अमेरिकाको मिसौरीमा एउटा कुकुरको निधारमा पुच्छर पलाएको छ । निधारमा पुच्छर पलाएको कुकुरको छाउरा मिसौरीको सडकमा देखिएपछि जनावर उद्धारकर्मीहरुले उक्त कुकुरलाई त्यहाँबाट उद्धार गरी संरक्षण केन्द्रमा लगेका छन् ।

उक्त कुकुरको नाम नरवल राखिएको छ । यसको उमेर १० महिनाको छ । छाउराको उद्धारकर्ता रोशेल स्टिफनले यसलाई जादूमयी जनावर भनेका छन् ।

नाकमा पुच्छर पलाएको कुकुर हेर्नेको भीड लागेको छ । मानिसहरु उक्त कुकुरसँग सेल्फी लिन तछाडमछाड गरिरहेका छन् ।

निधारमा पलाएको पुच्छरको परीक्षणका लागि उक्त कुकुरलाई पशु अस्पताल लगिएको थियो । त्यहाँ कुकुरको एक्सरे गराइयो । त्यसक्रममा उक्त पुच्छरमा हड्डी नभएको पाइयो । त्यो केवल छाला र मासुको फित्ताजस्तो मात्र रहेको छ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *