माइतीघरमा सरकारविरुद्ध द्वन्द्व पीडितको प्रदर्शन
Published: (Updated: )
by .काठमाडौं । द्वन्द्व पीडितहरुले सरकारसँग न्यायको खोजी गर्दै आज पनि काठमाडौंमा प्रर्दशन गरेका छन् ।
वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको उल्लेख गर्दै उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरेका हुन ।
विस्तृत शान्ति सम्झौता पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रर्दशनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडिकमाथि कडा कारबाही गर्न सरकारलाई पुनः दबाब पनि दिए ।
द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागिराम चौधरीले द्वन्द्वकालका पीडितलाई न्याय दिन र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्दै १३ वर्षपछि पनि बिरोध प्रर्दशनमा उत्रनु परेको बताए ।
उनले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।द्वन्द्व पीडितहरुले यातना पीडितहरुलाई उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिँदै आएका छन् ।
१३ वर्ष वितिसक्दा पनि सरकारले न्याय नदिएकोमा द्वन्द्व पीडितहरुको आपत्ति छ । उनीहरुले वेपत्ता आफन्तको स्थिति तत्काल सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराएका छन ।अध्यक्ष चौंधरीले द्वन्द्व पीडितहरुको न्यायका लागि गठन गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठन प्रक्रियामा ढिलाइ नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
Comments