मानव बेचबिखन र देहव्यापारको आरोपमा महिला पक्राउ
Published:
by .कैलाली । मानब बेचबिखन, ओसारपसार र देहव्यापारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरिया बजारमा रहेको राजु होटलकी सञ्चालक गौरादेवी रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।
आर्थिक अवस्था कमजोर भएकी एक बालिकालाई काम लगाइदिने भन्दै दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति अनैतिक सम्बन्ध राख्न बाध्य बनाउने गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए ।
डीएसपी बस्नेतले महिलालाई नियन्त्रणमा लिइ बालिकाको उद्धार गरिएको बताए । पक्राउ परेकी महिलालाई मानव बेचबिखन तथा ओसारपसार शीर्षकको मुद्दामा अनुसन्धान सुरु गरिएको उनले बताए ।
Comments