झापा सामुदायिक साकोसको साधारणसभामा विभिन्न विधाका १० जना सम्मानित
Published: (Updated: )
by .भद्रपुर । भद्रपुर ७ स्थित झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष विवेक पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा चन्द्रगढीमा साधारण सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ८ सय ६२ पुरूष तथा ७ सय ३० महिला सदस्य सहित १६९५ जना शेयर सदस्य र ९१ लाख ११ हजार ९ सय सेयर पूँजी विवरण समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष हरिप्रसाद गौतमले स्वागत गरेको कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मिना पराजुली, भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, सहकारी संघ झापाका सचिव युवराज ढकाल, बचत तथा ऋण सहकारी संघका केन्द्रीय सदस्य घनश्याम अधिकारी, राष्ट्र सेवक सहकारी भद्रपुरका अध्यक्ष वशिष्ठ अधिकारी, प्रकाश कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव सुरेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ज्येष्ठ सदस्य सम्मानबाट ८१ वर्षीय इन्द्रविलास निरौला र सितामाया राई सम्मानित भए भने उत्कृष्ट बचत कर्ता सम्मानबाट जीतबहादुर लिम्बू, शुभद्रा न्यौपाने, उत्कृष्ट ऋण कारोवार सम्मानबाट अडिट राजवंशी, सावित्री पौडेल, उत्कृष्ट अनिवार्य बचत कर्ता सम्मानबाट टंकबहादुर कटुवाल, उत्कृष्ट आवधिक बचत कर्ता सम्मानबाट हरि किशोर आचार्य र सन्तति शिक्षा पुरस्काटबाट अनुप तिम्सिना र रजिना घिमिरेलाई सम्मानित गरिएको थियो ।
Comments