शिखर साकोसको शेयर पूँजी ४ करोड ४४ लाख
Published: (Updated: )
by .बिर्तामोड । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
नेफ्स्कुनका अध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष दिपेन्द्र राउतले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५४ करोड ४६ लाख ९९ हजार ३१८ रुपैयाँको वासलात बनाएको उल्लेख छ । ७५३० जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी ४ करोड ४४ लाख ८ हजार ६०० रुपैयाँ रहेको छ ।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राउतले मोबाईल बैकिङ्ग,एसएमएस सेवा, हप्ताको सातै दिन दैनिक १२ घण्टा सेवा, सहुलियत दरमा स्वास्थ्य सेवा ,सदस्य इन्सुरेन्स सेवा,शिखर राहात कोष लगायत विभिन्न सेवाहरु संस्थाले प्रदान गरिरहेको जानकारी गराए ।
साधारणसभाको उद्घाटन समारोहमा युवा व्यवसायीका रुपमा संस्थाका शेयर सदस्य सरोज खरेल र प्रणित पुडासैनीलाई सम्मानित गरिएको थियो भने राम दाहाललाई खेलको माध्यमबाट नेपालको नाम विश्वमा चिनाएको भन्दै सम्मान गरिएको थियो ।
त्यसैगरी बि एण्ड सी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सामाजिक सम्मानबाट सम्मानित गरिएको कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा सुविज्ञा भट्टराई र सुशिला कुँडुलाई सम्मान गरिएको थियोे ।
उक्त कार्यक्रममा संस्थाका दर्जनौं शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुनका अध्यक्ष डिवि बस्नेतले संस्थाको संस्थागत पुँजी कम भएकाले यसलाई ध्यानमा राखेर संस्थालाई अघि बढाउनु पर्ने बताए साथै जगेडा कोष पनि आगामी वर्षसम्म ५%सम्म ल्याउनु पर्ने सुझाव दिए ।
बस्नेतले अहिलेको समयमा मानिसले सहकारीबाट ऋण लिएर रकम नबुझाउनेलाई कालोसूचीमा राख्ने ऐनमा समेत व्यवस्था गरिएको उल्लेख गरे साथै संस्थालाई व्यवस्थित तरिकाले अघि बढाउन सञ्चालक एकजुट हुनु जरुरी रहेको बताए ।
साधारणसभाको उद्घाटन समारोहमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पर्वता बिमली खरेल,भुमीसुधार मन्त्रालय प्रदेश नं १का सहकारी अधिकृत तोया तिम्सिना, सम्मानितको तर्फबाट प्रणित पुडासैनी लगायतले आ आफ्ना धारणा राखेका थिए ।
संस्थाका सह सचिव तारा खतिवडाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव हिमालय प्रसाईंले गरेका थिए ।
Comments