Sajhamanch Archive

लारिङ्गेत ताम्लिङ्गेत अभियानबाट २ लाख ९५ हजार नगद संकलन

Published: in विविधा by .

भद्रपुर । किँरात याक्थुङ्ग चुम्लुङ्ग भद्रपुर नगर समितिले खेलेको सामुहिक देउसी भैलोबाट २ लाख ९५ हजार नगद संकलन भएको छ ।
चुम्लुङ्गले भद्रपुर नगरका १० वटै वडामा आयोजना गरेको लारिङ्गेत—ताम्लिङ्गेत अभियानबाट २ लाख ९५ हजार नगद संकलन भएको हो ।

समितिकी अध्यक्ष सर्मिला फाउदेनको नेतृत्वमा गएको किँरात कलाकार टोलीले संकलन गरेको सो रकम भद्रपुर ३ स्थित माङहिम सभाहल बनाउन प्रयोग गरिने समितिले निर्णय गरेको छ । समितिका सकृय सदस्य नरदीप लिम्बूले दिएको जानकारी अनुसार सामाजिक एकता र जातीय संस्कृति संरक्षणका लागि सामुहिक देउसी भैलो लारिङ्गेत—ताम्लिङ्गेत अभियान चलाइएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *