उसुमा पनि नेपालको उत्कृष्ट शुरुवात, सुस्मिता तामाङले दिलाइन् स्वर्ण
Published:
by .काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा कराते र तेक्वान्दोमा उत्कृष्ट प्रर्दशन गरेको नेपालले उसुमा पनि उत्कृष्ट सुरुवात गरेको छ ।
आज (मंगलबार) उसुतर्फको पहिलो प्रतिस्पर्धा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएकी छिन् । सुस्मिताले थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् ।
उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन् । यो खेलमा बंगलादेशी खेलाडीले ७।५३ र श्रीलंकाकी खेलाडीले ८.८५ अंक प्राप्त गरेका छन्। यससँगै श्रीलंकाले रजत र बंगलादेशले कास्यमा जिते ।
त्यसअघि विजय सिन्जालीले पुरुष थाउलुतर्फ थानछ्वानमा स्वर्ण पदक जितेका छन् । विजयले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् ।
नेपालले सोमबार कराँते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १५ स्वर्ण जितेको थियो।
Comments