गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ
Published: (Updated: )
by .काठमाडौँ । रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित ५ जना पक्राउ परेका छन् ।
नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विकसहित ५ जना छन् ।
उनीहरुलाई चन्द्रनिगाहपुरको हिमालयन होटलबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय, रौतहटमा राखेर सोधपुछ गर्ने काम भइरहेको प्रजिअ रिजालले बताए ।
Comments