Sajhamanch Archive

स्कूल हिँडेकी बालिका बलात्कृत

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

गुल्मी । गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बालिका बिहीबार विहान स्कुल जान दाजुहरुसँगै गाडी चढेकी थिइन् । तर, चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लिएर बलात्कार गरेको डीएसपी मिनबहादुर घलेले बताए ।

बलात्कृत बालिकाका दाजुले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । बलाकृत भएकी बालिकालाई चालकले ३० रुपैयाँ दिएर फकाएको पाइएको डीएसपी घलेले बताउ ।

प्रहरीले बालिकाका बलात्कार गर्ने रुरु क्षेत्र गाउँपालिका वडा नं.३ लोलङखोलाका ४१ वर्षीय भोजबहादुर सार्कीलाई पक्राउ गरिसकेको छ । उनले सोही क्षेत्रमा गाडी चलाउँदै आएका थिए ।

उनलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिए ।बालिकाको स्वास्थ्य जाँचपछि घरमा पठाइएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *