Sajhamanch Archive

१३ औैँ साग प्रतियोगिता : आज १३ खेल हुँदै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by .

काठमाण्डौ । १३ औैँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज १३ खेल हुँदैछन् ।

आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् ।

कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुने छ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश भिड्ने छन् ।बास्केटबलमा आज सेमिफाइनलको खेल हुँदै छ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

महिलाको इभेन्टमा नेपाल र माल्दिभ्स तथा भारत र भुटान भिड्ने छन् । थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल र फाइनल खेल आज नै हुने छ ।बक्सिङमा आज ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । आर्चरमा पनि ४ स्वर्ण पदकको छिनोफानो लाग्ने छ ।

सुटिङमा आज एउटा स्वर्ण पदकको छिनोफानो लाग्ने छ । टेनिसमा महिला र पुरुषको सिंग्ल्स तर्फको स्वर्ण पदकका लागि भिडन्त हुँदैछ । कुस्ती, जुडो, पौडीमा पनि स्वर्ण पदकको छिनोफानो लाग्न बाँकी छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *