Sajhamanch Archive

कार दुर्घटनामा एक जनाको ज्यान गयो, पाँच जना घाईते

Published: in राष्ट्रिय समाचार, समाज by .

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बोर्डगाउँ नजिक बा। ६ च ६३९० नम्बरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा कपिलवस्तु नगरपालिका वडा नं. ९ हरनामपुर निवासी २९ वर्षीय सुरज पाण्डे रहेको प्रहरीले जनाएको छ । पाण्डेले आफै चलाएको कार अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो ।

तिव्र गतिमा रहेका कारण कार दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन् । घाईते मध्ये दुई जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य तीन जना घाईतेको वाणगंगामा रहेको सामुदायिक अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मृतक पाण्डे ग्लोबल आई.एम.ई बैंक वनगाई शाखाका प्रवन्धक हुन् । आज बहिनीको विवाह रहेको हुँदा पाण्डे बिहानैदेखि विवाहको व्यवस्थापनमा जुटेका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *