Sajhamanch Archive

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले भएको छैन :  मन्त्री ढकाल

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवाका कर्मचारीको समायोजन ठीक ढंगले नभएको बताएका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बिरामी बेहोस बनाउने तालिम लिएका कर्मचारी स्थानीय तहमा फाइल बोक्ने काममा सरुवा भएको टिप्पणी गरे ।

जुन ढगंले समायोजन हुनुपर्ने त्यो ढंगले कर्मचारी समायोजन भएको छैन’ मन्त्री ढकालले भने । उनले समायोजनका क्रममा आएका २ हजार गुनासोमध्ये १ हजार गुनासो व्यवस्थापन गरेको र १ हजार गुनासोको व्यवस्थापनको क्रममा रहेको पनि जानकारी दिए ।

‘हामीले हिमाली जिल्लाहरुमा खाली भएका दरबन्दीमा प्रोत्साहन गरी सेवा सञ्चालन गर्ने तयारी रहेको छ’ उनले कर्मचारी समायोजनबारे भने । जनु ठाउँमा आवश्यकता पनि र माग पनि छ भने त्यो ठाउँमा कर्मचारी पठाउने हो भने समायोजनको समस्या सुधार हुँदै जाने मन्त्री ढकालले बताए ।

उनले यसअघि स्वास्थ्य मन्त्रालय व्यक्ति केन्द्रित रुपमा चलेको भन्दै अब विधिकेन्द्रित बनाउन सुझाव दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *