Sajhamanch Archive

झापा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

Published: (Updated: ) in समाज by .

भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको वातावरण निर्माण गरी देश सवल बनाउन तीनै तहको सरकार लाग्नु पर्नेमा जोड दिएका छन् ।

“झापाको भद्रपुरमा आयोजित कार्यक्रममा झापा जिल्लालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वास्थ्य नागरिक निर्माण गरी देश समृद्ध बनाउन लागिरहेको बताएका हुन् । राइले सामाजिक विकास मन्त्रालय अन्तरगत विभिन्न कार्यक्रमहरु प्रदेशभरी सञ्चालन भइरहेको जनाएका छन् ।

प्रदेशको नामाकरण र स्थायी राजधानीको फरक प्रशंगमा बोल्दै उनले भने, ‘प्रदेश १ को नामाकरण र स्थायी राजधानी छिट्टै तोक्न प्रदेश सरकार विभिन्न चरणमा बार्ता तथा छलफल गरिरहेको छ । झण्डै एक बर्ष बित्न लाग्दा समेत प्रदेश सरकारले नामकरण र राजधानी तोक्न नसकेको प्रति आफू गम्भिर भएर लागि परेको उनले प्रस्टाए ।

खोप समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । यसैगरी मुख्य मन्त्रीले बोलिरहादा जनश्वाथ्यका कर्मचारी भने सहभागिका लागि वितरण गर्न ल्याइएका भेष्ट, क्याप टोपी र गम्छा तानातान गरेर आ आफ्ना झोलामा राख्न व्यस्त देखिन्थे । सहभागीले मागी रँदा सकिएको भन्दै झोलामा राखेको देखिने दृष्यलेलज्जाबोध भइरहेको थियो ।

झापालाई पूर्ण खोप सुनिश्चिता घोषणा
जिल्ला खोप समन्वय समिति तथा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ५० औ जिल्लाको रुपमा झापालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भनि घोषणा गरेका छन् । मुख्यमन्त्री शेरधन राई र खोप समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले पूर्ण खोप सुनिश्चिता जिल्ला भनि घोषणा गरेका हुन् ।

२०७२ बैशाख ९ गते साविक धाइजन गाविसबाट पूर्ण खोप सुनिश्चिता घोषणा सुरु गर्दै विगत चार बर्षको अवधिमा झापालाई पूर्ण खोप सुनिश्चिता जिल्ला गर्न सफल भएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुृख मधुसुदन कोइरालाले जानकारी दिए । उनका अनुसार विसिजी खोपतर्फ ९९.९ प्रतिशत, डिपिटी हेप बी हिब खोपतर्फ ९१.२ प्रतिशत, दादुरा रुबेला खोपतर्फ ८७.५ र जनपानजिज इन्सेफलाइटिस खोपतर्फ ८५.९ प्रतिशत चालु आर्थिक बर्षमा प्रगति भएको छ ।

जिल्लाको हकमा पूर्ण खोप ९० प्रतिशत लक्ष्य पूरा भइसकेको छ । चालु आर्थिक बर्षमा साविक नगरपालिका र गाविसका १७ हजार ३६० बच्चाहरुलाई खोप लगाई र छुट भएका २०६ जनालाई फेरी खोप लगाई नेपाल सरकारको लक्ष्य अनुसार पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकेको उनले बताए । साथै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणामा सहयोग पुर्याउने झापाका १५ स्थानीय तहसहित स्वास्थ्य संस्था, विद्यालय, पत्रकार महासंघलाई समेत प्रशंसापत्रले सम्मानित गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *