Sajhamanch Archive

जनप्रतिनिधिलाई ‘लगाम कस्न’ मोरङका प्रमुख दल सहमत

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

विराटनगर । जनप्रतिनिधिबाट हुने जनसेवा सम्बन्धी कामका गुणस्तर सुधार गर्न सुझाव दिइएको छ । राजनीतिक दलका नेतृत्वले सेवा प्रवाह गर्ने विधिलाई प्रभावकारी बनाउँदै जनअपेक्षित गर्न सुझाव दिएका हुन् । उनीहरुले दलबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई जनता प्रति उत्तरदायी बनाउन भूमिका खेल्नेसमेत प्रतिबद्धतता जनाएका छन् ।

पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धसमेत सुधार गनुपर्ने जनस्तरबाट गुनासो आउन थालेकोे त्यसलाई दलहरुले संयोजन समिति बनाएर समाधान गर्ने नेताले प्रतिबद्धता जनाएका छन् ।

विराटनगरमा संवाद समूह मोरङसँगको संवादमा ‘‘स्थानीय तहका जनप्रतिनिधि कर सुशासन र राजनीतिक दलहरुको सम्बन्ध’’ विषयक अन्तरसंवादका सहभागीले जनप्रतिनिधिलाई जनतासँग गरेको प्रतिबद्धताप्रति जिम्मेवार बनाउन भूमिका खेल्ने बताए ।

जनप्रतिनिधिले पार्टीसँग समन्वय नगर्ने गरेपनि आफू अप्ठेरोमा पर्ने वा फस्ने बेलामा मात्र सहयोग माग्न आउने, जनप्रतिनिधिले पारदर्शिताको ख्याल नगर्ने गरेको समेत जिल्लास्थित दलहरुको साझा निस्कर्ष छ ।

नेकपाका जिल्ला अध्यक्ष ऋषि पोखरेलले जनप्रतिनिधिलाई पारदर्शी बनाउन र स्थानीय तहलाई बलियो बनाउन अन्तर पार्टी संयोजन समिति बनाएर विकास र सुशासनलाई साझा मुद्दाको रुपमा दलले अघ लैजाने बताए । भने,‘‘जनप्रतिनिधिलाई जिम्मेवार बनाउन अब दलहरुले ढिलाइ गर्नुहुन्न ।’’ उनले अब स्थानीय तहका जनप्रतिनिधि जनता प्रति उत्तरदायी हुनेगरी दलले अनुगमन गर्ने बताए ।

नेपाली कांग्रेसका सचिव मोदराज घिमिरेले जनप्रतिनिधि दल तथा जनताप्रति जिम्मेवार हुन नसकेको जस्तो देखिएकोले अब आम नागरिकका सवालमा सबै दल एक भएर लाग्ने गरी अभियान शुरु हुने बताउँदै भने,‘‘जितेर गएपछि पार्टीभन्दा माथि हुन खोज्ने प्रवृत्ति जनप्रतिनिधिमा देखिएको छ । यसलाई पार्टीले लगाम लगाउँछ ।’’

संघीय समाजवादीका नेता जयराम यादव र राजकुमार यादवले जनप्रतिनिधिहरु समन्वय नै नगर्ने गरेको बताउँदै भने,‘‘राजनीतिक दल र जनप्रतिनिधिबीच सम्बन्ध राम्रो छैन । नीति नियम निर्धारण गर्दा सबै राजनीति दलहरुलाई बोलाएर जनप्रतिनिधिले छलफल गराउनु पर्नेमा त्यस्तो हुँदैन ।’’ प्रदेशसभा सदस्य जयराम यादवले दलसंगको समन्वय अवाश्यक रहेको चर्चा गरे ।

नेकपाका नेता महेश रेग्मी र गोपी आछामीले पार्टी कमिटीले जनप्रतिनिधिलाई ‘कन्ट्रोल’ गर्ने बताए । पार्टीको नीति कार्यक्रकमलाई साधनको रुपमा जनप्रतिनिधिले अबलम्बन गर्नुपर्ने भन्दै अहिले त्यस्तो नहुँदा समस्या देखिएको अछामीले उल्लेख गरे ।

नेकपाका विराटनगर अध्यक्ष सागर थापा र नेपाली कांग्रेस विराटनगर महानगर नगर समितिका कार्यवाहक सभापति अरुण नेउपानेले योजना निर्माण गर्न र छलफलका लागि महानगरले बोलाउने गरेको बताए । कांग्रेस सचिव नागेश कोईरालाले पार्टीले जनप्रतिनिधिलाई नियमन गर्नु पर्ने सुझाए । भने,‘‘जनप्रतिनिधिले गरेका केही गल्ती कमीकमजोरीका कारण दलहरु पनि जोडिने गरेका छन् । यसलाई सच्याउनु पर्छ ।’’

अन्तरसंवादमा सहभागी नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीका नेताले संयोजन गरेर नै अघि बढ्ने तयारी थाल्ने प्रतिबद्धता जनाए । मोरङका १७ वटा स्थानीय तहमध्ये विराटनगर महानगरपालिका सहित कटहरी, बुढीगंगा, धनपालथान, केरावारी गाउँपालिका, सुनवर्षी, रतुवामाई, उर्लावारी र सुन्दरहरैँचा नगरपालिकामा कांग्रेसका प्रमुख छन् । त्यस्तै रंगेली, पथरी शनिश्चरे, बेलवारी नगरपालिका सहित कानेपोखरी, ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा नेकपाका प्रमुख छन् । जहदा गाउँपालिकामा भने समाजवादी पार्टीका प्रमुख रहेका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *