Sajhamanch Archive

हात्तिको आक्रमणबाट बालकको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by .

सिरहा । सिरहामा हात्तिको आक्रमणबाट एक बालकको ज्यान भएको छ । एक जना घाइते भएका छन् ।

हात्तिको आक्रमणबाट घाइते भएका सिरहा मिर्चैया नगरपालिका वडा नं.७ रामपुरका श्रमवण महतोका १० वर्षीय छोरा रविन्द्र महतोको उपचारको क्रममा ज्यान गएकोे हो ।

हात्ति आएको हल्ला सुनेर घर छोडेर सबै भागे पनि रातको समयमा रविन्द्र पछि परेकाले हात्तिले उनीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट सख्त घाइते महतोको गोलबजारस्थित एक निजी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

हात्तिकै आक्रमणबाट गोलबजार नगरपालिका वडा नं.१० धर्मपुरका कङ्सलाल लामा घाइते भएका छन् । उनी शौचका लागि बाहिर निस्केका बेला हात्तिले आक्रमण गरेको बुझिएको छ ।

लामालाई थप उपचारको लागि धरान लगिएको गोलबजार प्रहरीले जनाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *