दमकको पृथ्वी आधारभुत विद्यालयबाट ल्यापटप र कम्प्युटर चोरियो
Published:
by .झापा । झापाको दमक नगरपालिका वडा नं.७ स्थित एक विद्यालयमा सोमबार राती चोरी भएको छ ।
दमकस्थित पृथ्वी आधारभुत विद्यालयबाट ल्यापटप र कम्प्युटरसहितका विद्युतीय उपकरण चोरिएको हो।
सामान चोरिएको विद्यालय परिसरमा पर्खाल छ भने भित्र–बाहिर आवतजावत गर्न प्रवेशद्वार पनि छ। प्रवेशद्वार बन्द गरिएपनि विद्यालय चोरिएको हो।
चोरीको घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
थाहाखबर
Comments