Sajhamanch Archive

नवोदयद्वारा आँखा शिविर

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

कमल । नवोदय बहुदेश्यीय सहकारी संस्थाको आयोजना र मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा कमलगाउँपालिकाको केर्खामा आँखा शिविर सम्पन्न भएको छ ।

संस्थाको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको शिविरमा २ सय ३५ जनाले आँखा परिक्षण गरिएका सहकारीले जनाएको छ । आँखा परिक्षण गरिएका मध्ये १२ जनामा मोतिविन्दु देखिएकोले थप उपचारको लागी मेची आँखा अस्पताल विर्तामोड पठाइएको संस्थाका व्यवस्थापक फणिन्द्र बहादुर कार्कीले जानकारी दिए ।

वि.सं. २०५५ सालमा स्थापना भएको सहकारीले अहिले ८ वटा शाखा विस्तार गरी झापा जिल्लामा भरी कारोवार गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *