Sajhamanch Archive

भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

भद्रपुर । झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ।

तीन ठाउँमा भएको आगलागीबाट करिब ११ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल ग्यारेज, फर्निचर उद्योग र धानको परालमा बुधबार राति ३ घण्टाको अन्तरालमा आगलागीको घटना भएको हो।

तीनवटै आगलागीका घटना नियोजित भएको प्रहरीको आशंका छ। वडा प्रहरी कार्यालय भद्रपुरले यस विषयमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार बुधबार ९ बजे भद्रपुर नगरपालिका वडा नं. ८ स्थित सगरमाथा चोक पश्चिममा रहेको मोहम्मद हुसेन अन्सारीको फर्निचर उद्योगमा आगलागी हुँदा करिब ४ लाख ८१ हजार मूल्य बराबरको क्षति भएको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार काठ र टिनले बनाएको उद्योगमा लागेको आगोले प्लाइउड, पलङ, टिभी सोकेस, कटर मेसिन, डायल मेसिन र नगद ७० हजार रुपैयाँ जलेर नष्ट भएको छ।

त्यस्तै, बुधबार राती भद्रपुर नगरपालिका वडा नं. ८ स्थित अस्पताल चोकनजिकै रहेको भूपेन्द्र यादवको जनता ग्यारेजमा आगलागी हुँदा करिब ६ लाख ३९ हजार बराबरको क्षति भएको छ।

टिन, बाँस र काठले बनाएको ग्यारेजमा आगो लाग्दा मोटर पार्टस, कम प्रेसर मेसिन, एक थान पुरानो मोटरसाइकल, धुने मेसिन, दराज, मेसिनरी औजार र आवश्यक कागजात जलेर खरानी भएको छ।

त्यसैगरी, बुधबार राति १० बजे भद्रपुर नगरपालिका वडा नं.८ स्थित फूलबारी टोल बस्ने गंगाबहादुर खड्काको १५ मन धानको कुन्‍युमा आगलागी भएको छ।

आगलागीबाट करिब १५ हजार क्षति भएको प्रहरीले जनाएको छ तीनै ठाउँमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो।

घटना नियोजित भएको शंका भद्रपुर नगरपालिका वडा नं. ८ मै एकै रातमा तीन ठाउँमा आगलागीको घटना नियोजित भएको हुनसक्ने वडाका प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

व्यक्तिगत रिसीवी वा लागु औषध सेवक गर्ने युवाहरूले सो घटना गराएको हुन सक्ने उनको भनाइ छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *