Sajhamanch Archive

ओलि बंशको साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । ओलि बंश समन्वय समिती झापाले दशौं साधारणसभा आज सम्पन्न गरेको छ।

समितीका अध्यक्ष मोहन प्रसाद ओलिको अध्यक्षमा भएको साधारणसभाको प्रमुख अतिथि पुर्व केन्द्रीय अध्यक्ष सरोज कुमार ओलि रहेका थिए ।

उक्त साधारणसभाको अवसरमा जेष्ठ नागरिक र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ ।सम्मानित हुने जेष्ठ नागरिकहरुमा पुस्पलाल ओलि,पबित्रा देबि ओलि ,तुलसा देबि ओलि रहेका छन् ।

यस्तै एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने बिबिशा ओलि कृतिका ओलि,सन्ध्या ओलि,सुपाश्य ओलि र कक्षा ११र१२ मा उत्कृष्ट अंक ल्याउने निकिता ओलि,लक्ष्मी ओलिलाई प्रमाण पत्र र नगद २ हजारसहित सम्मान गरिएको थियो ।,

सो कार्यक्रममा ओलि बंश समन्वय समितीका केन्द्रिय उपाध्यक्ष उमेश चन्द्र ओलि ,केन्द्रिय कोषाध्यक्ष गंगा प्रसाद ओलि ,मोरङ जिल्ला अध्यक्ष ज्ञानेन्द्र ओलि तथा संरक्षक नारायण प्रसाद ओलि लगायतले आ -आफना मन्तव्य राखेका थिए।

उक्त कार्यक्रमको सञ्चालन सचिव निरज ओलिले गरेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *