Sajhamanch Archive

नहरमा युवकको शव

Published: in राष्ट्रिय समाचार, समाज by .

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.१० सिसैयास्थित नहरमा आज युवकको शव फेला परेको छ।

कृष्णपुर नगरपालिका घर भएका २१ वर्षीय सन्तोष पन्तको शव नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।

मृत्युबारे अनुसन्धान भइरहेको उनले बताए। मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *